
हिसान स्पोर्टस् मिटमा अन्नपूर्णको सफलता
उच्च मा.वि. हरुको साझा संगठन हिसान कास्कीले आयोजना गरेको तिनदिने स्पोर्टस् मिट सम्पन्न भएको छ । उक्त स्पोर्टस् मिटमा कुल १७—१७ को अंक सहित माउण्ट अन्नपूर्ण उच्च मा.वि. भि.सि.मार्ग नदिपुर र स्पाईरल ग्यालेक्सिले प्रथम स्थान ओगटेको छ । गतवर्ष यो उपाधि एकलरुपमा माउण्ट अन्नपूर्णले प्राप्त गरेको थियो ।
यसवर्षको खेलमा माउण्ट अन्नपूर्ण उच्च मा.वि.ले छात्रातर्फको भलिबल र बास्केटबल खेलमा दोश्रो स्थान हाशिल गरी रजत पदक र छात्रतर्फ प्रथम स्थान हाशिल गरी स्वर्णपदक हाशिल गरेको छ । यसरी नै कुल अंकमा प्रथम स्थान हाशिल गरेवापत माउण्ट अननपूर्णले चाँदीको रनिéकप प्राप्त गरेको छ ।