ग्रामीण पदयात्रा सम्पन्न ।
यस माउण्ट अन्नपूर्ण उच्च मा। वि। मा अध्ययनरत विहानी शत्र कक्षा १२ व्यवस्थापन संकायका विद्यार्थीहरुको २ दिने ग्रामीण पदयात्रा कार्यक्रम सफलताकासाथ सम्पन्न भएको छ । यही २०७३ मंसिर १० र ११ गते गरिएको ग्रामीण पदयात्राको क्रममा विद्यार्थीहरुले पहिलो दिन पोखरा देखि काँडेहुँदै ठूलाखर्क अष्ट्रेलियन क्याम्पमा बासबसी क्याम्प फायर गरेका थिए । उक्त दिन गीत संगीत र नाचगान गरिएको थियो । यसरी नै दोश्रो दिन विहान पोथना, धम्पुस हँुदै घट्टेखोला सम्मको पदयात्रा सम्पन्न गरेका थिए । ग्रमीण पदयात्रालाई रमाईलो गर्नेक्रममा घैंटो फुटाल्ने खेल गरिएको थियो जस्मा छात्रातर्फ सजिना पुन र छात्रतर्फ सन्देश गर्बुजाले घैंटो फुटाली क्रमश रु।३०० र रु। २०० प्राप्त गरेका थिए ।