
कक्षा ११ को अध्ययन भ्रमण सम्पन्न
माउण्ट अन्नपूर्ण उच्च मा.वि. विहानी सत्र कक्षा एघार होटल म्यानेजमेन्ट संकाय अन्तर्गत ट्राभल एण्ड टूरिजम अध्ययन गर्ने विद्यार्थीहरुले गत २०७३ पुस २८ र २९ गते कास्की जिल्लाको प्रख्यात गाउँ सिक्लेसलाई केन्द्र बनाई अध्ययन भ्रमण सफलताकासाथ सम्पन्न गरेको छ । ग्रामीण जनजीवनको वस्तुगत अध्ययन, पर्यटकिय संभावना, होटल र होमस्टे व्यवस्थापनको वास्तविकता, भौगोलिक र प्राकृतिक मनोरमता,गाउँको मौलिकता आदि विषयमा विद्यार्थीहरुले अध्ययन गरेका थिए । कुल ४१ जनाको सहभागिता रहेको उक्त भ्रमण समुहले एक्याप तथा स्थानीय समुहको संयुक्त व्यवस्थापनमा संचालन भईरहेको सिक्लेस इको म्यूजियमको अवलोकन भ्रमण गरी प्रशस्त ज्ञान आर्जन गरेको थियो । यसरी नै विद्यार्थीहरुले सिक्लेस र वरपरका गाउँको बारेमा जानकारी संकलन समेत गरेका थिए ।