३८ औं बार्षिक उत्सब तथा अभिभावक दिवस सम्पन्न

_MG_9558

१६ फागुण २०७३

पश्चिमाञ्चल क्षेत्रको पहिलो निजी विद्यालयको रुपमा परिचित यस स्कुलको ३८ औं बार्षिक उत्सव तथा अभिभावक दिवस गत फागुण १६ गते सोमवारका दिन एक विशेष समारोहका बिच सम्पन्न भएको छ । स्कुल संचालक समितिका अध्यक्ष चिजकाजी गुरुङ्गको सभापतित्वमा संचालन भएको समारोहमा कक्षा ९ मा अध्ययनरत छात्रा सुश्री रेजिना क्षेत्रीले स्वागत मन्तव्य प्रस्तुत गरेकि थिईन् । यसरी नै विद्यालयका प्रिन्सिपल सईन्द्रराज श्रेष्ठले विद्यालयको परिचय सहित प्रगती विवरण प्रस्तुत गर्नुभएको थियो । प्रमुख अतिथि जिल्ला शिक्षा कार्यालय कास्कीका निमित्त शिक्षा अधिकारी श्रीमान् दिपेन्द्र ढकालले पानसमा दिप प्रज्वलन गरी वार्षिक उत्सवको समुद्घाटन गर्नुभएको थियो ।
दुई चरणमा सम्पन्न भएको सो समारोहको प्रथम चरणमा स्कुलका छात्रछात्राहरुले स्वागत नृत्य सहित करिव आधादर्जन जति साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । यसरी नै सो समारोहमा अभिभावकको तर्फबाट सुमन श्रापित,प्याब्सन कास्कीको तर्फबाट बरिष्ट उपाध्यक्ष षडानन्द गौतम,विद्यालयका सल्लाहकार अशोक शाही हिसानका केन्द्रिय उपाध्यक्ष शेरबहादुर गुरुङ्गले शुभकामना मन्तव्य सहित आफ्ना भनाईहरु राखेका थिए । उक्त समारोहमा बिसवर्ष भन्दा बढि काम गरेका शिक्षक भरत भण्डारी, शिक्षिका तारा श्रेष्ठ र कर्मचारी लालबहादुर गुरुङ्गलाई विद्यालयको तर्फबाट दिर्घसेवा सम्मान प्रदान गरिएको थियो भने कक्षा नर्सरी देखि कक्षा ९ मा प्रथम,द्धितिय र तृतिय हुने छात्रछात्राहरुलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रमको क्रममा विद्यालयले प्रकाशन गरेको पुस्तक अन्नपूर्ण मिररको प्रमुख अतिथिले लोकार्पण गर्नुभएको थियो । समारोहमा प्रमुख अतिथि श्रीमान् दिपेन्द्र ढकालले प्रमुख अतिथिय सम्बोधन गर्नुभएको थियो । प्रथम चरण कार्यक्रमको अन्तमा सभापति एवम् स्कुल संचालक समितिका अध्यक्ष चिजकाजी गुरुङ्गले धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रमको संचालन शिक्षक रामजी बराल तथा शिक्षिका कल्पना लामिछानेले गर्नुभएको थियो । उक्त समारोहमा विद्यालयका अभिभावकहरु, प्रतिष्ठित व्यक्तित्वहरु, शिक्षक कर्मचारी,छात्रछात्रा सहित विभिन्न संघसंस्थाका पदाधिकारीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
दोश्रो चरण कार्यक्रम अन्तर्गत छात्रछात्राहरुले गीत,नृत्य,हास्य प्रहसन,टेक्वोण्डो खेल,कविता आदि प्रस्तुत गरेका थिए । दोश्रो चरण कार्यक्रमको संचालन स्कुलका छात्रछात्राहरुले गरेका थिए ।

_MG_9549 _MG_9506 _MG_9531 _MG_9553 _MG_9485 _MG_9478 _MG_9473 _MG_9464 _MG_9556 _MG_9552 _MG_9476 _MG_9543 _MG_9564 _MG_9568 _MG_9577 _MG_9578 _MG_9579 _MG_9582 _MG_9584 _MG_9586 _MG_9588

 

_MG_9595 _MG_9597 _MG_9598 _MG_9600 _MG_9603 _MG_9604 _MG_9606 _MG_9607 _MG_9612 _MG_9615 _MG_9619 _MG_9621 _MG_9623 _MG_9624 _MG_9629 _MG_9631 _MG_9632 _MG_9635 _MG_9637 _MG_9647 _MG_9649 _MG_9652 _MG_9658 _MG_9661 _MG_9663 _MG_9666 _MG_9667 _MG_9673 _MG_9676 _MG_9685 _MG_9691 _MG_9697 _MG_9699 _MG_9703 _MG_9706 _MG_9711 _MG_9714 _MG_9717 - Copy _MG_9723 _MG_9726 _MG_9736 _MG_9738 _MG_9742 _MG_9750 _MG_9752 _MG_9754 _MG_9760 _MG_9763 _MG_9784 _MG_9786 _MG_9793 _MG_9798 _MG_9802 _MG_9804

 

About The Author

Related posts

Menu Title