सरस्वती पुजा भव्यताका साथ सम्पन्न ।

_MG_8893

सरस्वती पुजा भव्यताका साथ सम्पन्न ।
बसन्त पञ्चमीको पावन अवसरमा विद्यालय परिसर भित्र एक विशेष कार्यक्रमका बिच विद्याकी देवी माता सरस्वतीको पुजा धुमधामका साथ सम्पन्न भएको छ । सरस्वती पुजाको दिन बिहानै देखि विद्यालयमा अध्ययन गर्ने छात्रछात्रा, शिक्षक शिक्षिका सहित विद्यालयका संस्थापकहरुको उपस्थितिमा ब्राह्मणद्धारा विधिवत पुजा आराधना गरिएको थियो । उक्त अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चिजकाजी गुरुङ, एकेडेमिक एडभाइजर अशोक शाही, प्रिन्सिपल सईन्द्र श्रेष्ठ, प्रशासक महेन्द्र श्रेष्ठ, विभागिय प्रमुखहरुको उपस्थिति रहेको थियो ।
पुजा कार्यक्रममा अध्यक्ष चिजकाजी गुरुङ, एकेडेमिक एडभाइजर अशोक शाही, प्रिन्सिपल सईन्द्र श्रेष्ठ, प्रशासक महेन्द्र श्रेष्ठ आदिबाट सरस्वतीको महिमाबारे चर्चा सहित शुभकामना ब्यक्त गरिएको थियो । सांगितिक वातावरणमा संचालन भएको सो पुजा कार्यक्रममा भजन,प्रसाद वितरण सहित प्रि नर्सरीका बालबालिकाहरुलाई अक्षर लेख्न सिकाईएको थियो ।

_MG_8830 _MG_8837 _MG_8839 _MG_8840 _MG_8849 _MG_8852 _MG_8853 _MG_8854 _MG_8855 _MG_8857 _MG_8858 _MG_8869 _MG_8871 _MG_8875 _MG_8877 _MG_8879 _MG_8887 _MG_8889 _MG_8893 _MG_8896 _MG_8897 _MG_8898 _MG_8901 _MG_8912 _MG_8917 _MG_8919 _MG_8923 _MG_8924 _MG_8925 _MG_8933 _MG_8936 _MG_8937 _MG_8944 _MG_8945 _MG_8949 _MG_8950 _MG_8951 _MG_8961 _MG_8963 _MG_8965 _MG_8970 _MG_8974 _MG_8978 _MG_8979 _MG_8984 _MG_8985 _MG_8987 _MG_8988 _MG_8990 _MG_8991

About The Author

Related posts

Menu Title