माउण्ट अन्नपूर्ण स्कुलको हाईकिङ्ग सम्पन्न ।

17352433_1266352843448755_523412410406402454_n

माउण्ट अन्नपूर्ण स्कुलको हाईकिङ्ग सम्पन्न ।
माउण्ट अन्नपूर्ण स्कुल, भि.सि.मार्ग,नदीपुरको ट्राभल एण्ड टूरिजम विषयमा अध्ययन गर्ने दिवासत्र कक्षा ११ का विद्यार्थीहरुको हाईकिङ्ग सफलतापूर्वक सम्पन्न भएको छ । गत चैत्र २ गते आयोजना गरिएको हाईकिङ्ग कार्यक्रम छोरेपाटनदेखि पोखराको प्रशिद्ध पर्यटकियस्थल मट्टिखानसम्म रहेको थियो । विषयगत अध्ययन गर्ने उद्धेश्य अन्तर्गत करिव ७० जना छात्रछात्रा लगायत पाँचजना शिक्षक कर्मचारीहरुले ग्रामिण जनजीवनको अध्ययन, पर्यटकिय सम्भावना र प्राकृतिक एवम् भौगोलिक सौन्दर्यताको दृश्यावलोकन गरेका थिए । हाईकिङ्ग कार्यक्रम विद्यालयका एकेडेमिक एडभाईजर अशोक शाहीको अगुवाईमा सम्पन्न गरिएको थियो ।

 

17342544_1266348450115861_514129688291775252_n - Copy 17342720_1266352546782118_555140320005839702_n 17309491_1266353980115308_2135982536706540168_n

About The Author

Related posts

Menu Title